संयोजक तामाङ्गद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

अत्रीदेव खबर/३० बैशाख
सुखड : रास्ट्रीय युबा संघले इलाका प्रहरी कार्यलय सुखडलाइ स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

बढ्दो महामारीमा पनि सुरक्षा साबधानी अपनाउन आवश्यक पर्ने मास्क,सेनिटाइजर लगायतका सामग्री नहुदा प्रहरीलाई जनताको सुरक्षामा खटिन समस्या भएको भन्दै रास्ट्रीय युबा संघ घोडाघोडी नगर कमिटीका संयोजक होम तामाङ्गले विहिबार प्रहरीलाई मास्क सेनिटाइजर लगायतका स्स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताएका छन ।

संयोजक तामाङ्ग्ले जनताको सुरक्षामा खटिने प्रहरिनै स्वास्थ्य समग्रीको अभाबमा परेको देखेपछी १५ सय पिस मास्क तथा ४८ बोतल ठूलो सेनिटाइजर गरि १२ हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको बताए । प्रहरी र जनता एक आपसमा साझेदारी गरि अगाडि बढनुपर्ने भएकोले रास्ट्रीय युवासंघ नेपालले यसरी सहयोग गरेको तामाङ्गको भनाइ छ ।

प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेकोमा इलाका प्रहरी कार्यलय सुखडका प्रमुख डिएसपी सागर बोहराले तामाङ्ग लगायत रास्ट्रीय युवा संघको टिमलाइ धन्यवाद दिए । बोहराले जनता प्रहरीले संगै हातेमालो गरेमात्र अहिलेको अवस्थामा कोरोना नियन्त्रण हुन सक्ने बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर