धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न रोजगार संयोजक देउवाद्वारा ११ हजार एक सय ११ आर्थिक सहयोग

अत्रिदेव खबर\३ जेठ
धनगढी ः धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न जोशीपुर गाउपालिकाकी रोजगार संयोजक शुसिला देउवाले ११ हजार एक सय ११ आर्थिक सहयोग गरेकी छिन् ।

धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले ११ हजार एक सय ११ आर्थिक सहयोग गरेकी हुन् । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जोशीपुर गाउपालिकाकी रोजगार संयोजक देउवाले रकम जम्मा गरेकी हुन् ।

उनले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि आफ्नो सानो रकमले पनि केही सहज होस् भन्दै उनले सो रकम उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जम्मा गरेकी हुन् ।
यस्तो महाबिपत्तीमा सबैलाई आफ्नो क्षेत्रमा सहयोगका लागि एक जुट हुन समेत देउवाले आह्वान गरेकी छिन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर