प्यालेस्टाइनमा इजरायलको बमबारीमा ५८ बालबालिकासहित कम्तिमा १९२ को मृत्यु

अत्रिदेव खबर,३जेठ 

कैलाली ः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिाइनमाथिको हवाई हमला जारी रहने बताएको केही घण्टापछि सोमबार पनि इजरायलको सेनाले गाजा पट्टीमा हवाई हमलालाई जारी राखेको छ । गाजा सहरको उत्तरदेखि दक्षिणसम्म अझ सशक्तरुपमा बमबारी गरिएको छ । आइतबार मात्र इजरायलको हवाई हमलामा एकै दिन ४२ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाएका थिए ।

 

 

एक हप्ता अघि सुरु भएको हिंसामा हालसम्मको इजरायलको कारवाहीमा ५८ जना बालबालिका र ३४ जना महिलासहित कम्तिमा १९२ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि, गाजापट्टीमा शासन गर्ने हमास समुहले इजरायली सहर अस्केलन र बेरसेबामा रकेट प्रहार गर्दा २ जना बालबालिकासहित १० जनाको मृत्यु भएको थियो । पछिल्लो २० वर्षमा इजरायली सेनाले ३ हजारभन्दा बढी प्यालेस्टाइनी बालबालिकाको हत्या गरिसकेको छ ।

इजरायल–प्यालेस्टानइन तनावबारे छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठक आइतबार बसे पनि एउटा संयुक्त विज्ञप्ति निकाल्ने विषयमा समेत सहमति हुन सकेन । चीनले संयुक्त राज्य अमेरिकाले परिषद्लाई एक मत भएर बोल्न अवरोध पुर्याएको आरोप लगाएको छ ।

बाइडेनको समर्थन इजरायललाई

प्यालेस्टाइनी नागरिक मारिने संख्या बढ्दै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो तनावलाई सम्हाल्न खेलेको भूमिकाको आलोचना भइरहेको छ । एकै परिवारका १० सदस्य मारिएको तथा अल जजिरा, एसोसिएटेड प्रेस लगायत समाचार संस्था रहेको ११ तल्ले भवन ध्वस्त भएको दिन बाइडेनले पुनः इजरायलप्रति समर्थन व्यक्त गरे ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर