नेपाल स्काउट घोडाघोडी तदर्थ समितिद्वारा सर्वसाधारणलाई मास्क वितरण

अत्रिदेव खबर\२४असार
सुखड ः कैलालीको घोडाघोडी नगरपालिकामा नेपाल स्काउटले मास्क,स्यानिटाइजर तथा पन्जा वितरण गरेको छ । स्थानीय स्काउट तदर्थ समिति घोडाघोडीले यात्रुहरू, सर्वसाधारण र अस्थायी ट्राफिक पोस्ट साडेपानिलाई मास्क,स्यानिटाइजर तथा पन्जा वितरण गरेको हो । करिब ३ हजार मास्क, साना ठुला गरी ३० बोतल, स्यानिटाइजर र २ प्याकेट पन्जा यात्रुहरू, सर्वसाधारण र अस्थायी ट्राफिक पोस्ट साडेपानिलाई वितरण गरीएको छ ।

कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर सुखड बजारमा भेटिएका यात्रुहरू, सर्वसाधारण, चालक, सहचालक र ट्राफिक प्रहरीलाई मास्क,स्यानिटाइजर तथा पन्जा वितरण गरेको नगर स्काउट संयोजक सुनिता बोहराले बताउनु भयो । घोडाघोडीमा नगर स्काउट संयोजक सुनिता बोहराको नेतृत्वमा बजार क्षेत्रमा मास्क, स्यानिटाइजर तथा पन्जा वितरण गरिएको सदस्य नरेन्द्र रोकायाले बताउनुभयो ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले मास्क वितरण गरिएको नगर सदस्य धमेन्द्र विष्टले जानकारी दिनुभयो । भइपरी आउने विपत तथा महामारी न्यूनीकरण र रोकथामका लागि गठन गरिएको नेपाल स्काउटले ७७ जिल्लामा विभिन्न कार्यक्रम गर्दे आएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर