माधव नेपालको नेकपा (एकीकृत समाजवादी) सरकारमा सामेल हुने, मन्त्री र मन्त्रालय चयन हुँदै

नेकपा एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गरेको नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले केही दिनभित्रै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

मन्त्री र मन्त्रालय चयन हुन बाँकी रहेकाले यसबारे बैठकले तत्काल निर्णय गर्ने भएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्री र मन्त्रालय टुंग्याउने विषयमा हाल छलफल भइरहेको बताइएको छ ।

नेपाल समूहकै कारण मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहकै निर्णय पर्खेर बसिरहेका छन् । शुक्रबार नेपाल समूहले सरकारमा सामेल हुने निर्णय गरेसँगै मन्त्री र मन्त्रालयको भागबन्डा अघि बढ्नेछ ।

नेपाल समूहको नेकपा (एकीकृत समाजवादी)ले ६ मन्त्रीसहित एक राज्यमन्त्रीको दावी गरेको छ ।

पाँच सदस्यीय स्थायी कमिटी गठन
नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ । कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् ।

कमिटी तत्कालका लागि मात्र बनाइएको र राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार गरिनेछ ।

बुधबार नेकपा (ए.स.) वैधानिकता दिने निर्वाचन आयोगविरुद्ध एमाले सर्वाेच्च अदालतमा जाने तयारी गरेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर