प्रदेश २ : १३ सांसद एमाले छाडेर नेकपा (एस)मै जाने

प्रदेश २ मा एमालेका १३ सांसद एकीकृत समाजवादीमा, पार्टीको बैठकपछि सनाखत गरिने
काठमाडौं । एमाले छाड्ने क्रमा जारी रहँदा प्रदेश नम्बर २ का १३ जना सांसद्हरूले पनि नेकपा (एकीकृत समाजवादी) रोज्ने भएका छन् ।

भोलि बैठक बसेर सम्भव भए भोलि नै नत्र पर्सि पार्टी सनाखतका लागि प्रदेशस्थित निर्वाचन आयोग जान लागेको एक सांसदले बताए ।

उनका अनुसार हाल सांसदहरु काठमाडौंबाट जनकपुर फर्किरहेका छन् । सबै जम्मा नभई निर्वाचन कार्यालय जाने अवस्था नभएको र जम्मा भइसकेपछि जोन उनले बताए।

निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यहरुलाई सूचना जारी गरेसँगै दल रोज्ने क्रम जारी रहेको छ।

नेकपा (एस) ले भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको थियो । त्यससँगै विभाजित नेकपा एमालेबाट माधवकुमार नेपाल समूहमा आउने सांसद तथा नेताहरुको क्रम जारी रहेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर