सुर्खेतमा कांग्रेस पार्टी कार्यालय तोडफोड

१६ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बन्दकर्ताहरूले सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन् । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन दर्जन बढी सेल अश्रुग्याँस समेत हानेको छ ।

प्रहरीले बन्दकर्ताहरूलाई ढुंगामुढा नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ । तर, बन्दकर्ताहरू भने विभिन्न गल्लीबाट निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।
‘शान्तिपूर्ण ढंगले बन्दको कार्यक्रम गर्न आग्रह गर्दा पनि बन्दकर्ताहरू उग्र बनेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिरहेका छन्’ प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने, ‘थप सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पठाएका छौं । अब बल प्रयोग गरेर स्थिति सामान्य बनाउँछौं ।’

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार स्थिति नियन्त्रणमा लिन डीएसपी रामप्रसाद घर्ती सहितको टोली आन्दोलन भइरहेको स्थलमा छ । प्रहरीले १३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर