एमालेका खड्काले हराए गठबन्धनको टिमलाइ

अत्रीदेव खबर/८ चैत्र
कैलालीको गौरिगंगा नगरपालिका -४ मा रहेको कालिका माबीको ब्यवस्थापन समितिको चुनाबमा एमालेका तर्फबाट उम्मेदवार बनेका दिनेश खडकाले सत्ता गठबन्धनका उम्मेदवार छबिलाल कडेल्लाइ पराजित गरेका छन ।
एकहजार तिनसय बिद्यार्थी रहेको सो बिधालयमा ९ सय १७ जना अभिभावक रहेकोमा ७ सय १७ मत खसेको थियो । जसमा एमालेका उम्मेदवार खडकाले ३सय २२ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी कडेलले ३ सय २० पाएका थिए । त्यसैगरी सदस्यमा हरि नेपाली ३ सय २२ सोबेन्द्र आउजी २ सय ९० मत ल्याउदै बिजयी भए ।

विधालय ब्यवस्थापन समितीको अध्यक्षमा बिजयी भएपछी खडकाले चौतर्फी घेराबन्दीका बाबजुतपनी अभिभावकहरुले योग्य ठानेर बिजयी बनाएकोमा धन्यवाद ब्यक्त गरे । नवनिर्बाचित अध्यक्ष खडकाले अब बिधालयको भौतिक,शैक्षिक तथा प्रशासनिक बिकासमा लाग्ने बिश्वास ब्यक्त गरे ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर