एमालेका मेयर र उपमेयर उम्मेदावर भन्छन्, धनगढीको नमूना विकासका लागि हामीलाई भोट

धनगढी, १८ बैशाख । नेकपा एमालेले धनगढी उपमहानगरपालिकामा आफ्नो चुनावी प्रचार प्रसारलाई तीव्र बनाएको छ । चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान अन्तरगत एमालेले आइतबार धनगढी उपमहानगरपालिका–४ र ५ का विभिन्न १२ स्थानमा चुनावी भेला तथा घरदैलो अभियान सम्पन्न गरेको छ ।
भेलालाई धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार रणबहादुर चन्द र उपमेयरकी उम्मेदवार कन्दकला राना लगायतका स्थानीय र जिल्ला स्तरका नेताले सम्बोधन गरेका छन् । सो क्रममा उनीहरुले धनगढीमा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका कांग्रेसका नृपबहादुर वड र स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालसम्मका उम्मेदवारमाथि हमला गरेका छन् ।
धनगढी उपमहानगरपालिका–५ को गौरीशंकर मन्दिरमा आयोजना गरिएको चुनावी भेलालाई सम्बोधन गर्दै उपमेयरकी उम्मेदवार रानाले धनगढीको समग्र विकासका लागि आफू प्रतिबद्ध भएको बताइन् ।
‘मेरो उम्मेदवारी धनगढी उपमहानगरपालिकाको समग्र विकासका लागि हो । यहाँका बालबालिका, महिला दिदीबहिनी र युवाहरुको क्षमता विकास, अधिकार संरक्षण तथा प्रवद्र्धन गर्ने, दलित, जनजाती लगायतका विपन्न समुदायको हितका लागि आवश्यक काम गर्न प्रतिबद्ध छु, रानाले भनिन् ।’
उनले आफू समान्य परिवारमा हुुर्किएको छोरी, बुुहारी भएको बताउँदै एक पटक सेवा गर्ने मौका दिन आग्रह गरेकी छन् । सोही भेलालाई सम्बोधन गर्दैै मेयर पदका उम्मेलवार चन्दले करीब ३० वर्षदेखि धनगढीबासीसँगै रहेर राजनीति गर्दै आएको बताउँदै यहाँका सबै समस्यासँग आफू परिचित भएको बताए । उनले सबै नगरबासी आफ्ना इमानदारिताका बारेमा जानकार भएको बताउँदै विश्वास गरेर अमूल्य मत दिएर विजयी गराउनेमा आशावदाी भएको जनाए ।
‘म धनगढीका सबै वडाहरुमा कहाँ के समस्या छ र के को आवश्यकता छ भनेर परिचित छुु । गर्न नसक्ने कुराको आश्वासन तपाईहरुलाई दिदैन । नगरबासीको मागका आधारमा यहाँको आवश्यकताअनुसार काम गर्न प्रतिबद्ध छु,’ चन्दले भने, ‘धनगढी असफल भइसकेका र कहिले राजावादी, कहिले विवेकशिल त कहिले स्वतन्त्र हुनेहरुले तपाईहरुलाई भ्रम पार्दै समाजसेवाका नाममा राजनीतिलाई दुर्गन्धीत बनाउन खोजेका छन् । ती सबैको विकल्प म हो मलाई जिताउनुस् ।’

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर