कांग्रेस नेतृत्वको स्थानिय सरकारले धनगढीलाई नगरपालिका होइन नरकपालिका बनायो’ -राना

धनगढी । धनगढी उपमहानगरपालिकाको नेतृत्व गरेको नेपाली कांग्रेसले पाँच वर्षको कार्यकालमा धनगढीलाई नगरपालिका नभएर नरकपालिका बनाएको नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले आरोप लगाएका छन ।

धनगढी ७ बेलिमा आयोजना गरिएको चुनावी भेलालाई सम्बोधन गर्दै रानाले अहिलेको स्थानिय सरकार विकासका सवालमा फेल भएको बताएका छन । ‘नेपाली कांग्रेसले पछिल्लो पाँच वर्षमा धनगढीको यथोचित विकासका लागी माखो मार्ने काम समेत गरेन’, उनले भने, ‘केन्द्रीय सरकारमा केपि ओलि नभएको भए धनगढीका बाटाहरु टुहुरो हुनेथिए । त्यस्तै संघिय बजेटमा सम्पन्न गरिएका योजनालाई श्रेय पाउने होडबाजीमा वर्तमान सरकारले भ्रामक अफवाह फैलाउने काम गरेको रानाले बताएका छन ।

त्यस्तै स्वतन्त्र उम्मेद्वारका नाममा केही व्यक्तीहरुले विकास र समृद्धिको झुठो आश्वासन दिइरहेको पनि रानाले बताए । ‘सिजन आंपको भएपनी कांचै छ’, रानाले थपे, ‘कांचो आंपको अस्तित्व केहिदिनमा एमालेको हावाहुरीले तय गर्छ ।’ त्यस्तै रुख र आंपबाट समृद्ध धनगढीको परिकल्पना गर्न नसकिने बताउँदै रानाले यसपालिको निर्वाचनमा विकासको आधार तय गरेको नेकपा एमालेलाई जिताउन समेत आग्रह गरेका छन ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर