धनगढीमा एमालेका उम्मेदवारहरूको घरदैलो अभियान तीव्र, आज दर्जनौँ कार्यक्रम सम्पन्न

कैलाली । आगामी स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिमा नेकपा एमालेका उम्मेदवारहरूले तीव्र रूपमा घरदैलो कार्यक्रम गरिरहेका छन् । एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार रण बहादुर चन्द र उपप्रमुखकी उम्मेदवार कन्दकला राना सहितको टोलीले आज धनगढीका तीन वडामा दर्जनौँ कार्यक्रमको आयोजना गरेका हुन् ।

आज बिहानै धनगढीको ७ नम्बर वडाका विभिन्न स्थानमा कोण सभा सहितका कार्यक्रमहरूको आयोजना गरिएको छ । मनेहरा, जोखर ताल क्षेत्र , मनेरा गाउँ, भानु चोक, बेली, देबरियामा कार्यक्रमको आयोजना गरिएको हो । ती क्षेत्रमा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका चन्दले धनगढीलाई सुन्दर र समृद्ध नगर बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।

यस अघि निर्वाचित जनप्रतिनिधीहरुले धनगढीको विकासमा उदासीन रहेको भन्दै आफूहरू निर्वाचित भए विकासले गति पाउने समेत उनले दाबी गरेका हुन् । उपप्रमुखकी उम्मेदवार रानाले गठबन्धनको सरकारबाट नागरिक आजित भएको बताएकी थिइन् । उनले धनगढीमा सुशासन र विकासका निम्ति आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेकी थिइन् ।

वडा नम्बर ७ का विभिन्न क्षेत्रमा सहभागी भएका मतदाताहरूले एमालेका उम्मेदवारहरूलाई जितको शुभकामना समेत दिएका थिए । उनीहरूले यस पटक धनगढीको विकास र निकासको लागि एमालेका उम्मेदवारहरूलाई निर्वाचनमा विजयी गराउने बताएका हुन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर