राजेश हमाल उप–मेयर नलड्ने, गुलियालाई गरे समर्थन

आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीको घोडाघोडी नगरपालिकामा उप–मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेश हमाल चुनाव नलड्ने भएका छन् । नेपाली काँग्रेसका प्रदेश सदस्य समेत रहेका युवा नेता हमालले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएका छन् ।
आफूm पार्टीबाट नभई नेतृत्वबाट असन्तुष्ट रहेकाले स्वतन्त्र उम्मेदवारी दिए पनि पार्टीको जित र हितका लागी चुनाव नलड्ने उनको भनाई छ । देश भरी नै गठबन्धनको आवश्यकता छ । उनले भने,… “मेरो उम्मेदवारीले गठबन्धनलाई र मेरो पार्टीलाई असर पर्छ भने मैले आफ्नो निर्णय बदल्नै पर्छ । त्यसैले मैले गुलिया दिदीलाई समर्थन गरेको हुँ ।  नेता र नेतृत्व सँग केही गुनासो र असन्तुष्टि थियो तर अहिले सबै समाधान भएको छ । नगर बासीले उप–प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार गुलिया चौधरीलाई मतदान गर्न अनुरोध गर्दछु ।”
उनले मनोनयन दर्ता सँगै चुनाव चिन्ह मुडाको प्रचार समेत थालेका थिए । आफ्नो प्रचार प्रसारमा केही दिन निकै सक्रिय भएका हमाल काँग्रेस नेतृ आर्जु राणा सँगको भेटले भने उनलाई निर्णय बदल्न बाध्य बनाएको छ । उनी आजै देखी गठबन्धनको प्रचारमा लागी परेका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर