सुदूरपश्चिममा हिजो पनि एमाले पहिलो दल थियो, अब पनि हुन्छ: प्रदेश अध्यक्ष भण्डारी

अहिले निर्वाचनको सरगर्मी बढिरहेको छ ।उम्मेदवारहरू प्रचार प्रसारमा छन् । सुदूरपश्चिम प्रदेशमा पनि नेकपा एमाले र गठबन्धनका दलहरू बिच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
नेकपा एमालेले अहिलेको निर्वाचनलाई कसरी हेरेको छ त ? के अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले पाएको सफलता कायम राख्न सक्ला ?
प्रस्तुत छ यी र यस्तै विषयमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीसँग गरिएको कुराकानी
प्रदेशभरि नेकपा एमालेको माहौल कस्तो पाउनु भएको छ ?
जनताहरूबाट सबै जिल्लाका हाम्रो उम्मेदवारहरूले न्यानो माया र साथ पाइरहेका छन् । सबै मतदाताहरूले गठबन्धनको औचित्य समाप्त भएको बुझ्नु भएको छ । जनताले परमादेश भन्दा जनादेशको सत्ता चाहिरहेका छन्।
त्यो जनताको अधिकार हो । जनताले त्यो कुरालाई पुष्टि गर्न पनि खोजिरहेका छन् र त्यसको लागि नेकपा एमाले आम जनता र मतदाताहरूको बिचमा पुगिरहेको छ।
हामीले हाम्रो मुद्दालाई स्थापित गर्न सफल हुन्छौँ भन्ने लागिरहेको छ ।
यो भन्दा पहिले स्थानीय तहमा एमाले पहिलो शक्ति थियो । अब एमालेले त्यो विरासत कायम राख्न सक्छ ?
त्यो विरासत हामी कायम राख्छौँ । पार्टीलाई यत्रो सङ्कटको घेराबन्दी हुँदा पनि हामीसँग जनताको न्यानो माया र साथ पाइरहेका छौँ ।  त्यो कुरालाई मूल्याङ्कन गर्ने हो भने पुरानो विरासत भन्दा हामी अझै माथि पुग्छौँ
पार्टी विभाजन भएको छ । अझै पनि पहिलेको भन्दा धेरै स्थानमा जित्छौँ भन्नुहुन्छ । त्यस्तो होला र ?
जनताले एमालेको कार्यक्रमहरू नीतिहरू मन पराउनु भएको छ । राष्ट्रिय स्वाधिनताको पक्षमा यहाँका मतदाताहरू हुनुहुन्छ । एमालेले दैनिक जीविकाका विषयमा नागरिकलाई राहत दिएको छ । राष्ट्रिय मुद्धाहरुलाई अगाडी बढाएका छ ।
राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राखेको छ । यसले पनि नेपाली जनताका पार्टी एमाले हो भन्ने कुरा आम नेपाली जनताले बुझिसक्नु भएको छ ,अनि गठबन्धनले समस्या गर्दैन ?
गठबन्धन त तहस नहस भइसकेको छ । अब उस्तै परे अर्थतन्त्र खराब भयो भन्दै यो गठबन्धनको सरकारले एमालेले सुरु गरेको बृद्धभत्ता पनि काट्न बेर लगाउँदैन ।
विकासका कार्यक्रमहरू प्रभावित भइसकेको छ । त्यसको भागिदारी पनि यही गठबन्धन हो ।
त्यस कारणले गठबन्धनको औचित्य सकिएको छ । गठबन्धनसँग अहिले त जनताको बिचमा जाने मुद्दा समेत छैन । हामीसँग त मुद्दा मात्रै होइन एजेन्डाहरू र भिजन पनि छ त्यसैले हाम्रा उम्मेदवारहरू जित्ने निश्चित छ ।
गठबन्धन प्रति तपाइको आक्रोश हो कि जनताको ?
सत्ता गठबन्धन जनताको बिचमा जान सकिरहेको छैन । केही केही ठाउँमा मात्रै निश्चित मान्छेहरूलाई बोलाउने उनीहरूलाई सहभागी गराउने तर, गाउँ गाउँमा, टोल टोलमा जान नसकेको अवस्था हो ।
उनीहरूको न नीतिमा सहमति छ , न नेतृत्वमा सहमति छ ।उनीहरूको आन्तरिक व्यवस्थापन पेचिलो बनेको छ । यो कुरा आम मतदाताहरूले पनि बुझेका छन् । यो गठबन्धन देश र जनताको लागि भन्दा पनि मिलेर खान तयार भएको भन्ने आम नागरिकहरूले पनि भन्दै आइरहेका छन् । कति स्थानमा त गठबन्धनका उम्मेदवारहरूलाई जनताले समेत आक्रोश व्यक्त गरेको सुन्नमा आइरहेको छ ।
हामीसँग प्रतिबद्धता छ । स्पष्ट नीति र भिजन छ । त्यो भएको हुँदा हाम्रो जित निश्चित छ। जित्ने कुरामा अब हामीलाई कसैले रोक्न सक्दैन ।
८८ स्थानीय तह मध्ये एमालेले कति जित्ला केही अनुमान गर्न सक्नुहुन्छ ?
हामी बहुमत पालिका जित्छौँ । अधिकांश जिल्लामा अहिले पनि अग्रस्थानमा रहेको अवस्था हो । सबै जिल्लाका बढी पालिका हामी जित्छौँ ।
अहिले गठबन्धनले सत्ताको चरम दुरुपयोग गरेका छन् । मतदान केन्द्रहरूमा कर्मचारीहरू मनपरी ढङ्गबाट खटाउने काम भइरहेको छ । कुनै छलफल छैन ।
सबै भन्दा ठुलो राजनैतिक शक्ति हुँदा हामी यी सबै निर्वाचनमा प्रक्रियामा छलफल गर्नु पर्ने थियो । अब सत्ताले मनपरी ढङ्गले काम अगाडी बढाइरहेको छ ।
तपाइ बहुमत पालिकामा जित्ने दाबी गर्नु हुन्छ । त्यस्तो भए एमालेले सुदूरपश्चिममा लिने नीति कस्तो हुन्छ ?
हामी प्रदेशमा मात्रै होइन देशभरीनै जनताका मुद्दा लिएर अघि बढ्छौँ । कांग्रेसले त्यो सामर्थ्य राख्न सक्दैन । माओवादीसँग त्यो मुद्दा नै छैन । त्यसो भएको भए त उनीहरूले एक्ला एक्लै लड्ने हिम्मत गरेको हुन्थे नि ।
आज उनीहरूले नसक्ने स्थिति पैदा भए पनि उनीहरू मिल्न बाध्य भएका हुन् । मुद्दा असफल भएपछि जित्ने कुनै छाँट नदेखेपछि मिलेर पनि २÷४ पालिका आइहाल्छ कि भन्ने उनीहरूको योजना होला तर, जनताले पनि त्यो कुरा बुझिसकेका छन् ।
त्यसैले फेरी एक पल्ट सुदूरपश्चिम प्रदेशमा जनताले हामीलाई विश्वास गर्नुहुने छ । त्यसपछि हामी हाम्रो नीति र नेतृत्वलाई अझै जनतामुखी बनाउने छौँ । समाजमा परिवर्तनको विकासको समृद्धिको आकाङ्क्षालाई पुरा गर्ने दिशा तर्फ लग्ने छौँ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर