मैत्रीपूर्ण प्रतिस्पर्धा भएका स्थानमा अवस्था हेरेर मतदान गर्न सत्ता गठबन्धनको आग्रह

 सत्ता गठबन्धनमा आबद्ध ५ दलले चुनावी तालमेल हुन नसकी मैत्रीपूर्ण प्रतिस्पर्धा भएका पालिकामा अवस्था आंकलन गरेर मतदान गर्न सम्बद्ध पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धनले गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा मैत्रीपूर्ण प्रतिस्पर्धा भएकाले अवस्था हेरेर  गठबन्धनभित्रकै जित्नसक्ने उम्मेदवारलाई मतदान गर्न नेता कार्यकर्ता र आम मतदातालाई आग्रह गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आंकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं ।’

गठबन्धनले स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित रहेको दाबी गरेको छ ।दुई दुईपटक संसद विघटन भएपछिको असहज परिस्थितिमा ‘संकिर्ण र निषेध’ को राजनीतिकाविरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन निर्माण भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर