मत खसाल्न एकैदिन ५३ हजारले छाडे काठमाडौं

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न काठमाडौंबाट गाउँ जानेहरुको क्रम दैनिकरुपमा बढ्दो  रहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ५३ हजार ८४ जना काठमाडौंका विभिन्न नाकाबाट बाहिरीएका छन्।

चुनाव नजिकिएसंगै उपत्यका भित्रिनेको संख्या घट्दो क्रममा रहेको छ भने बाहिरिनेको संख्या पछिल्लो एक हप्तायता दैनिक ५० हजार माथि रहेको छ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिनयता सामान्य अवस्थाको भन्दाकम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

मुख्यतः नाकाहरुमा यात्रुको चाप बढ्दो क्रममा रहेको र यात्रुहरु बाहिरिनका लागि सवारीसाधनसमेत सहजरुपमा पाउन सकेका छैनन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर