शिक्षकले टाउको फुट्नेगरि छात्रालाइ कुटेपछी……

अत्रीदेव खबर/१०फागुन
कञ्चनपुर कञ्चनपुरमा शिक्षकको कुटाइबाट एक बिद्यार्थी घाइते भएकी छिन । जिल्लाको भीमदत्त नगरपालिका–९ स्थित बैजनाथ माध्यमिक विद्यालयका प्रधानाअध्यापकको कुटाइबाट यविद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा मनिषा नाथलाई प्रधानाअध्यापक खडक सिंह विष्टले कुटेपछि उनी घाइते भएकी हुन् ।

उनको टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । घाइते छात्रालाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ ।

छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले प्रअलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

छात्रामाथि कुटपिटको घटनालाई लिएर विद्यार्थी संगठनले प्रधानाध्यापकलाई कडा कारबाहीको माग गरेका छन्।

सोमबार अनेरास्ववियु र अखिल क्रान्तीकारी कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै कुटपिट गर्ने प्रधानाध्यापकमाथि कानूनी कारबाहीको माग गरेको छन् ।

प्रधानाध्यापक विष्टलाई तत्काल कारबाही नभए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर