कैलालीका मिश्रले निर्माण गरेको चलचित्र भोलि देखि प्रदर्शनमा आउँदै 

अत्रीदेव खबर / कैलाली । कैलालीका व्यवसायी तथा राजनीतिज्ञ निर्मल कुमार मिश्रले निर्माण गरेको चलचित्र भोलि देखि प्रदर्शनमा आउने भएको छ । सन् २०१७ मा रिलिज भएको सिनेमा ‘लप्पन छप्पन’ को  दोस्रो सिरिजको रुपमा तयार गरिएको चलचित्र ‘लप्पन छप्पन २ ’ भोलि बाट प्रदर्शन हुन लगेको हो ।
नेपाल, बेल्जियम, अस्ट्रेलिया र नेदरल्याण्ड्समा छायाङ्कन गरिएको मल्टिस्टारर सिनेमाले राजनीति र अपराधको कथा भन्ने छ ।  चलचित्रमा अभिनेता शिव श्रेष्ठ र छोरा शक्तिले सिनेमामा सँगै काम गरेका छन् । सकारात्मक देशभक्ति विषयवस्तुमा आधारित सिनेमा भएकाले हलमा पुगेर हेर्न दर्शकलाई अपिल गरेको छु निर्माता मिश्रले भने यो चलचित्रमा दर्शकले नयाँ स्वाद पाउनुहुने छ ।
महामारीपछि बक्स अफिसलाई चलायमान बनाउन सिनेमाले भूमिका खेल्ने उनको अपेक्षा छ । उनले ग्याङस्टर कथावस्तुले मनोरञ्जन दिने आशा व्यक्त गरे । ‘दर्शकले लामो समयदेखि ग्याङस्टर र राजनीतिक कथावस्तुका सिनेमा हेर्न पाउनु भएको थिएन,’ उनले भने, ‘विदेशमा रहेका नेपालीले समेत यसलाई रुचाउनु हुनेछ ।’
चलचित्रमा सौगात मल्ल  अर्पण थापा,अनुपविक्रम शाही ,शिव श्रेष्ठ र उनका छोरा शक्ति श्रेष्ठ भुमरीमा छन् । त्यस्तै एक्सन ड्रामामा प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’ बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दै छन् ।
‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषामा रिलिज हुने बताइएको छ । मिश्र सहित प्रकाश कुवर चिज कुमार श्रेष्ठ, सुदिप बख्रेलले चलचित्र निर्माण गरेका हुन्  ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर