पश्चिमेलि लोक तथा देउडा गीत प्रतिष्ठानको शाखा भारतमा पनि बिस्तार

पश्चिमेली लोक तथा देउडा गीत प्रतिष्ठान नेपालको शाखा भारत को कर्नाटका राज्य मा पनि बिस्तार गरिएको छ । बुधबार भाद्र १ अर्थात अगस्ट १७ का दिन बेङ्लोरमा भएका सस्कृती प्रेमी लगाएत कामको शिलशिलामा बस्दै आएका नेपालिहरुको भेलाबाट समिती गठन गरिएको छ ।

लोक तथा देउडा गीत प्रतिष्ठान नेपालको स्वीकृति लिएर आफ्नो सुदुर पश्चिमी मौलिक सस्कृती भेषभुसा र चालचलन बचाएर राख्न र यसको पहिचान गर्न आफुहरुले शाखा बिस्तार गरेर समिती गठन गरेको सचिब बिरेन्द्र साउद ले जानकारी दिए । देउडा गायक यज्ञराज भट्ट्को अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति गठन पनि गरिएको छ ।

अध्यक्ष मा यज्ञराज भट्ट, उपाध्यक्ष भक्त ब साउद, सचिब बिरेन्द्र साउद, कोषाध्यक्ष करण बि.क, सह सचिब एलिजा शाही , सदस्यहरुमा , प्रेम मायालु बिक, मधु भट्ट, आषा बिक र भुवन नेपाली रहेका छन ।

यो समितिले अबका दिनदेखी देश भन्दा बाहिर रहेर पनि देशको सस्कृतिलाइ जोडदार पहिचान गर्न लागि पर्ने बिरेन्द्र साउद्ले जानकारी दिए । यस्तै सस्था संग जोडिन चाहने ईच्छुक ब्यक्तिहरुलाई सहज तरिकाले जोडिन सक्ने ब्यबस्था गरेको पनि उनले बताए।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर