गठबन्धनको सरकारबाट नेपाली जनताको रक्षा हुँदैन , नेपालीको पार्टी एमाले हो :भट्ट

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले गठबन्धनको सरकार नेपाली जनताको हितमा नरहेको बताएका छन् ।
आज डोटीको जोरायलमा भएको चुनावी आम सभालाई सम्बोधन गर्दै भट्टले ओली सरकार मात्र नेपाल र नेपालीहरूको भलोमा रहेको बताएका थिए ।
‘केपी ओलीले भारतलाई लिखित नेट पठाउनु भयो  र सांसदबाट चुच्चे नक्सा आयो’  उनले भने, ‘सायद केपी ओलीको ठाउँमा अर्काे भएको भए त्यो प्रगति हुन सक्ने अवस्था थिए । ’
दार्चुलामा एसएबीबाट जयसिंह धामीलाई तुइन काटेर महाकालीमा बगाउँदा पानी सरकारले केही नबोलेको भन्दै आलोचना गरेका थिए । काँग्रेसले बिपी कोइरालाको आदर्श छोडेको बताए ।
उनले भने, ‘भारतलाई सोध्न नसक्ने यो सरकारले नेपालीको रक्षा गर्न सक्दैन।’
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई सर्वोच्चले तोक्ने कुरा गलत रहेको समेत भट्टले बताएका थिए ।
‘सर्वोच्चले प्रधानमन्त्री तोक्दैन । सदनले तोक्छ’  उनले भने, ‘जनादेश लिन संसद् विघटन भएको थियो । परमादेश आउँदा लड्डु खाएकाहरू अहिले तिते पाटी खानु परेको छ। ’
प्रचण्डले जनयुद्धका घाइतेहरूको उपचार गर्ने बताए पनि अहिले चासो नदिएको बताए । उनले बेपत्ता र सहिद परिवारको अवस्था बारे प्रचण्डलाई चासो नभएको भन्दै भेटाए सोध्न आग्रह गरेका थिए ।
उनले देउवा र दाहालको तालमेल पनि गलत रहेको बताए ।
राष्ट्र र राष्ट्रियताको लागि एमालेलाई विजयी गराउन पनि उनले आग्रह गरेका थिए । भट्टले दुर्गा ओझा र जमुना बोहरालाई विजयी गराउन आग्रह गरेका थिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर