बर्दगोरिया गाउँपालिका ३ मा एमालेले चुनावी घरदैलो र टोलसभा सम्पन्न

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो र टोलसभा गरेको छ ।

आइतबार पालिका अध्यक्ष पदका लागि एमालेका उम्मेदवार कर्ण कुवर, उपाध्यक्ष पदकी उम्मेदवार इन्दु चौधरी (कठरिया) वडा नम्बर ३ को अध्यक्ष पदका लागि उम्मेदवार कोकिला खत्री तथा वडा सदस्यका उम्मेदवारसहितको टोलीले कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागी उम्मेदवारहरुले चुनावको मिति नजिकै आइरहेको भन्दै आफुलाई अमुल्य मतदान गरि बिजयी गराउन अपिल गरेका छ्न । उनीहरूले वडा नम्बर ३ सहित हरेक वडा र समग्र पालिकाको बिकास, समृद्धि ,सुशासन ,भ्रष्टाचार मुक्त पालिका निर्माण , दुर्व्यसनी न्यूनीकरण ,हरेक प्रकारका विभेदको अन्त्य, सामाजिक सुरक्षा ,तटबन्ध ,शिक्षा र स्वास्थ्यको गुणस्तरीयता, यी सवै कुराको अन्त्यका लागि वडादेखि पालिकासम्म एमालेको सरकार आवश्यक रहेको बताए ।

उनीहरूले समाजमा पछि पारिएका समुदाय र वर्गको उत्थान ,लैङ्िगक समानता र समावेशीकरण, आर्थिक विकास र समृद्धिको खाका पुरागर्न अब एमालेको विकल्प नभएको बताए ।

उनीहरूले विगतमा जेसुकै गल्ती कम्जोरी भएतापनि ती कुरालाई सुधार गर्दै अगाडि बढन आवश्यक रहेको बताउदै एमालेका सवै उम्मेदवारलाई जिताउन र जित्न आवश्यक रहेकोमा जोड दिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर