प्रचण्डको अभिब्यक्ती बिरुद्ध प्रदर्सन

अत्रीदेव खबर/१७फागुन  सुखड- कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति विरुद्धमा विद्यार्थी आन्दोलित भएका छन् ।केही दिन अगाढी एक टेलिभिजन अन्तरवार्तामा अध्यक्ष दाहालले काँग्रेस मधेसी र आफूहरू मिलेर सरकार बनाउँदा भारतलाई सहज हुने आशय व्यक्त गरेका थिए ।राष्ट्रिय स्वाधिनता विरुद्ध बोलेको भन्दै बिद्यार्थिहरुले सुखडमा चोकमा प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहको अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घ कैलालीले विरोध प्रदर्शन गरेको हो ।उनीहरूले हाम्रो देश हाम्रो स्वाभिमान, प्राण भन्दा प्यारो छ , भारतीय कम्फटटेवल सरकार चाहिँदैन, हाम्रो लिपुलेक हामीलाई दे तिम्रो प्रचण्ड लैजा, जनता पक्षमा बालुवाटार भारतको पक्षमा खुमलटार लगायत नारा लेखिएका प्ले कार्ड समेत प्रर्दशन गरेका थिए ।

प्रर्दशन पछि आयोजना गरिएको कोण सभामा मिलन ओली, शिव चन्द, धनञ्जय कठायत, हेम सापकोटाले मन्तव्य दिएका थिए । उनीहरूले नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिले राष्ट्रको सिर झुकाएको बताए।विरोध सभाको सञ्चालन अनेरास्वब्यूका कैलाली जिल्ला सह संयोजक बिराज पाण्डेले गरेका थिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर